एक लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने « Khabarhub

एक लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक लाखको कोरोना बीमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ।

बीमा समितिले आइतबार कोरोना बीमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो। त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ।

अब कुनै बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा २० हजार खर्च भयो त्यति मात्रै दाबी भुक्तानी गर्नेछ। ५० हजारको बीमा गर्नेले अधिकतम साढे ३७ हजार र १ लाखको बीमा गर्नेले ७५ हजार रुपैयाँ मात्रै प्राप्त गर्नेछन्।

यसअघि कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै जतिको बीमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्था थियो। गत वैशाख पहिलो सातादेखि सञ्चालन गरिएको कोरोना बीमा योजनामा बीमित संक्रमित हुने बित्तिकै नगद प्रदान गर्ने व्यवस्था थियो।

पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि समितिले आइतबार कोरोना बीमा मापदण्ड संशोधन गर्दै राहत रकम र अस्पताल भर्ना खर्च मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार संक्रमितले दाबी भुक्तानी पाउने प्रक्रियालाई झनै जटिल बनाइएको छ। होम आइसोलेसनमा बसेका संक्रमितले राहत रकमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्नेछ। त्यस्तै, अस्पतालमै उपचाररत संक्रमित बीमितले भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ३८ बजे

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो