इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’ « Khabarhub

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम सम्झौताको कडा आलोचना गरेका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धका उद्देश्य हासिल गर्न नसकेको आरोप लगाएका छन्।

लापिडले ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘हाम्रो सम्पूर्ण इतिहासमा यस्तो राजनीतिक विपत्ति कहिल्यै देखिएको छैन। राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हुँदा इजरायल वार्ताको टेबल नजिकसमेत थिएन।’

उनले सेनाले धेरै काम गरेकाले जनताले धैर्यता देखाउँदा पनि नेतृत्व चुकेको बताए । ‘सेनाले आफूलाई दिइएको सबै काम पूरा गर्‍यो । जनताले उल्लेखनीय धैर्य देखाए, तर नेतन्याहुले राजनीतिक र रणनीतिक रूपमा असफलता व्यहोरे । आफूले तय गरेका कुनै पनि लक्ष्य हासिल गर्न सकेनन्।’

नेतन्याहुले युद्धको मुख्य लक्ष्यका रूपमा इरानको परमाणु कार्यक्रमलाई समाप्त गर्ने वा कम्तीमा पनि गम्भीर रूपमा कमजोर बनाउने बताएका थिए, जसलाई उनले इजरायलका लागि ‘अस्तित्वको खतरा’ बताएका थिए।

यसका साथै उनले इरानको ब्यालिस्टिक मिसाइल क्षमता निष्क्रिय पार्ने, इरानी शासनलाई कमजोर बनाउने वा हटाउने र क्षेत्रीय प्रभाव घटाउने लक्ष्य पनि अघि सारेका थिए।

लापिडले भने, ‘अहंकार, लापरवाही र रणनीतिक योजनाको अभावका कारण नेतन्याहुले पुर्‍याएको राजनीतिक र रणनीतिक क्षति सुधार गर्न हामीलाई वर्षौं लाग्नेछ।’

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ४९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा