सबै दीर्घरोगीको निःशुल्क पीसीआर परीक्षण गर्दै बुटवल उपमहानगर « Khabarhub

सबै दीर्घरोगीको निःशुल्क पीसीआर परीक्षण गर्दै बुटवल उपमहानगर


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने दीर्घरोगका बिरामीहरूको कोरोना भाइरस संक्रमणसम्बन्धी निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरूको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

नगरप्रमुख शिवराज सुवेदीका अनुसार यस्तो सुविधा बुटवल उपमहानगरपालिकामा बसोबास गर्नेहरूले पाउनेछन् । यो सुविधा लिन सेवाग्राहीले आफू बसोबास गरेको वडा कार्यालयको सिफारिस र रोगको उपचार गराएका कागजात पेश गर्नुपर्नेछ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारीलाई जिम्मेवारी तोकेको छ ।

यस्ता रोगीहरूको स्वाब संकलनका लागि वडा नम्बर ११ को बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वडा नम्बर १४ को सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ ।

बुटवल उपचार गराइरहेका दीर्घरोगका बिरामीहरूको यकिन तथ्यांक आउन नसके पनि वडागत सिफारिसका आधारमा करिब २ सयको संख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

उपमहानगरपालिकाले नियमित डायलाइसिस गराउने मिगौला रोगीहरूको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो । यसैहगरी,सडकमा रात बिताउन बाध्य बेसाहराहरूको पनि उद्धार गरी निःशुल्क पीसीआर परीक्षण गरी मानव सेवा आश्रममा पठाएको थियो ।

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरूको उद्धार गरेको नगरप्रमुख सुवेदीले बताए । बुटवल नगरभित्र कोही पनि अशक्त र दीर्घ रोगीहरू कोरोनाको संक्रमणमा नपरून् भन्ने उद्देश्यले निःशुल्क पीसीआर परीक्षण गरिएको नगरप्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकहरू बचाउने गरी पीसीआर परीक्षण फराकिलो र आवश्यकताअनुसार निःशुल्क गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले लैङ्गिकहिंसामुक्त नगरको कार्ययोजनाअनुरूपका पनि काम भइरहेको बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ४६ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका