सबै दीर्घरोगीको निःशुल्क पीसीआर परीक्षण गर्दै बुटवल उपमहानगर | Khabarhub Khabarhub

सबै दीर्घरोगीको निःशुल्क पीसीआर परीक्षण गर्दै बुटवल उपमहानगर


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने दीर्घरोगका बिरामीहरूको कोरोना भाइरस संक्रमणसम्बन्धी निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरूको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

नगरप्रमुख शिवराज सुवेदीका अनुसार यस्तो सुविधा बुटवल उपमहानगरपालिकामा बसोबास गर्नेहरूले पाउनेछन् । यो सुविधा लिन सेवाग्राहीले आफू बसोबास गरेको वडा कार्यालयको सिफारिस र रोगको उपचार गराएका कागजात पेश गर्नुपर्नेछ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारीलाई जिम्मेवारी तोकेको छ ।

यस्ता रोगीहरूको स्वाब संकलनका लागि वडा नम्बर ११ को बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वडा नम्बर १४ को सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्वारा जारी सूचनामा जनाइएको छ ।

बुटवल उपचार गराइरहेका दीर्घरोगका बिरामीहरूको यकिन तथ्यांक आउन नसके पनि वडागत सिफारिसका आधारमा करिब २ सयको संख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

उपमहानगरपालिकाले नियमित डायलाइसिस गराउने मिगौला रोगीहरूको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो । यसैहगरी,सडकमा रात बिताउन बाध्य बेसाहराहरूको पनि उद्धार गरी निःशुल्क पीसीआर परीक्षण गरी मानव सेवा आश्रममा पठाएको थियो ।

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसाहराहरूको उद्धार गरेको नगरप्रमुख सुवेदीले बताए । बुटवल नगरभित्र कोही पनि अशक्त र दीर्घ रोगीहरू कोरोनाको संक्रमणमा नपरून् भन्ने उद्देश्यले निःशुल्क पीसीआर परीक्षण गरिएको नगरप्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकहरू बचाउने गरी पीसीआर परीक्षण फराकिलो र आवश्यकताअनुसार निःशुल्क गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उनले लैङ्गिकहिंसामुक्त नगरको कार्ययोजनाअनुरूपका पनि काम भइरहेको बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ४६ बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको