पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत | Khabarhub Khabarhub

पहिरोमा आफन्त गुमाएकालाई ३५ लाख राहत


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा ज्यान गुमाएकाको आफन्तले दुई महिनापछि राहत पाएका छन्।

गत असार २५ र २६ गतेको पहिरोमा ज्यान गुमाउने २३ जना मृतकका परिवारलाई गृह मन्त्रालय पठाएको ३५ लाख रुपैयाँ सोमबार वितरण गरिएको हो । मराङको राम्चेका चारजना मृतकका नजिकका हकदार विदेशमा भएकाले पछि हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘बिमको तल्लो गाउँका वीरबहादुर नेपालीसहित परिवारका चारैजनाको मृत्यु भएका कारण हकदार नभएकाले राहत वितरण भएन्,’उनले भने, ‘सरकारको पछिल्लो नियम अनुसार एउटा परिवारका एक जना सदस्यको मृत्यु भएमा दुई लाख र एक भन्दा बढीको एक लाख बढाएर एउटा परिवारलाई पाँच लाखसम्म राहत वितरण गरेका छौं ।’

यसअघि प्रति मृतक एक लाख रुपैयाँका दरले राहत पाउने व्यवस्था थियो । वेपत्ताको हकमा जिवित फर्किएको अवस्थामा फिर्ता गर्ने र नभेटिए सरकारले दावी नगर्ने सर्तसहित मृतक सरह नै राहत उपलब्ध गराइएको छ ।

बिमको दुलेमा ज्यान गुमाएका बिष्णु शर्मा पौडेलका श्रीमान र इच्छा पौडेलका बुवा सोमनाथ पौडेल तथा गौदेवी नेपालीका श्रीमान र विशेष नेपालीका बुवा पूर्णबहादुर दर्जीलाई तीन/तीन लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बिमको नौरुङको पहिरोमा बेपत्ता मराङकी एलिसा केसीका बुवा इन्द्रलाई दुई लाख उपलब्ध गराइएको छ ।

मराङको ठूलोगाउँका तुलबहादुर क्षेत्रीकी श्रीमतिहरु काली र लिला क्षेत्रीलाई दुई लाख, राम्चेकी रेश्मा सुनारका बुवा गोरे सुनारलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । राम्चेका मनबहादुर, कमला, सुरज र सुरक्षा श्रीपालीको रामसती श्रीपालीलाई पाँच लाख, खिमबहादुर जुग्जालीको दिलबहादुर जुग्जालीलाई दुई लाख र रिखकी हिराकुमारी जुग्जालीका श्रीमान, करिष्मा र कंचन जुग्जालीका बुवा धनबहादुरलाई चार लाख उपलब्ध गराइएको छ ।

यसैगरी गौशारा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको पाँच लाख भिमप्रसाद जुग्जालीलाई, कल्लेनीका प्रकाश केसीका भाई र जनिमा केसीका छोरा निकेस केसीलाई तीन लाख, सचिन पुनका बुवा पदम पुनलाई दुई लाख, दुखुकी गिता रोकाका छोरा नविनलाई दुई लाख हस्तान्तरण गरिएको थियो ।

नगदै वितरण गरिएको राहत रकम कार्यक्रम स्थलमै प्रभु र गरिमा बैंकको दरवाङ शाखाका कर्मचारीहरुलाई बोलाएर खाता खोल्न लगाई जम्मा गरिएको थियो ।

राहत वितरणका लागि सुरक्षा अधिकारीहरु सहित दरवाङ पुग्नुभएका प्रजिअ अधिकारीले दुई वटै स्थानीय तह र वडाका जनप्रतिनिधिहरुको रोहबरमा राहत वितरण गरेका थिए । पीडामा मल्हम लगाउने अपेक्षा गर्दै प्रजिअ अधिकारीले अतिआवश्यक बाहेकका काममा पैसा खर्च नगर्न अनुरोध गरे । प्रदेश सरकारले पठाएको राहत रकम पनि छिट्टै वितरण गरिने प्रजिअ अधिकारीले बताए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले पीडितको साथमा तीनै तहका सरकार रहेको बताउँदै राहतवापत प्राप्त रकमले आवास व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे ।

धवलागिरिका अध्यक्ष पुनले मृतकका प्रति परिवार १० हजार रुपैयाँका दरले किरिया खर्च वापत गाउँपालिकाले उपलब्ध गराएको बताए । मालिकाका अध्यक्ष रोकाले किरिया खर्च वापत मृतकका परिवारलाई २५ हजारका दरले उपलब्ध गराइने बताए ।

उनीहरुले पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि सुरक्षित ठाउँमा जग्गाको खोजी भइरहेको बताए । असार २५ र २६ गतेको पहिरोमा मराङमा १९ जनाको मृत्यु, दुई जना बेपत्ता, बिममा ८ जनाको मृत्यु र एकजना बेपत्ता र दुखुमा एकजना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : १३ बजे

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट