बैतडीमा फेरि ८ जनामा देखियो कोरोना | Khabarhub Khabarhub

बैतडीमा फेरि ८ जनामा देखियो कोरोना


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सोमबार कोरोनाका सक्रिय संक्रमित शून्य भएको बैतडीमा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जिल्लाका ३७५ जना कोरोनामुक्त भए घर फर्केका थिए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७ का २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

डिलाशैनी ७ का २ वर्षीया बालिका र २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै दशरथचन्द नगरपालिका ७ का ६ वर्षीय बालक, १० वर्षीया बालिका, १३ वर्षीया बालिका, ३२ वर्षीया महिला र ३४ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका र अब उनीहरुलाई आइसोलेसनमा राखिने सम्बन्धित स्थानीय तहले जनाएका छन् । सोमबार मात्रै संक्रमित शून्य रहेका बैतडीमा मंगलबार थप ८ जनामा संक्रमण देखिएपछि जिल्लामा संक्रमितको संख्या ३८३ जनामा पुगेको छ ।

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : २७ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ