ब्रुनाईका लाहुरेबालाई गाउँको माटो प्यारो « Khabarhub

ब्रुनाईका लाहुरेबालाई गाउँको माटो प्यारो



बडहरभञ्ज्याङ (तनहुँ)- तनहुँ भीमादका निर्मलकुमार थापाका दुई छोरा अमेरिकामा छन् । परिवारका अन्य सदस्य काठमाडौँमा बस्छन् ।

निर्मल इच्छाअनुसार कहिले अमेरिका त कहिले काठमाडौँ बसेर जीवन बिताउन सक्छन् । उनलाई शहरी जीवनको साटो आफ्नै गाउँठाउँको माटो प्यारो लाग्छ । त्यसैले त भीमाद नगरपालिका-२, बडहरभञ्ज्याङका ७४ वर्षीय निर्मल दिनरात कृषि कर्ममा छन् । आफ्नो गाउँठाउँमा विकास देख्न चाहन्छन् ।

निर्मल सिङ्गापुरे लाहुरे थिए । तीन वर्ष सिङ्गापुरमा बसेका उनले १२ वर्ष ब्रुनाईमा बिताए । लाहुरे जीवनपछि २४ वर्ष अमेरिका बसे तर उनलाई शहरको बिलासी जीवनप्रति अलिकति पनि मोह छैन ।

उनी भन्छन्, ‘दुई भाइ छोरा अमेरिकामा छन्, अरू परिवार सबै काठमाडौँमा बस्छन्, अरूलाई शहरबजारमा बस्न पुग्दा मलाई पनि नपुग्ने के नै थियो र !’

बैँसालु उमेर बम, बारुद र गोलासँग खेलेका निर्मलले जीवनको उत्तरार्धमा गाउँ बिर्सन सकेनन् । उनी झण्डै १० वर्षअघि गाउँ फर्किएर कृषि कर्ममा लागे ।

अहिले उनको २९ रोपनी पाखोबारीमा हरियाली छाएको छ । उनले व्यावसायिकरूपमा आम्दानी हुने रुखबिरुवा लगाएका छन् । लोकल कुखुरा र टर्कीको व्यावसायिक पालन गरेका छन् । अहिले बाख्रापालनका लागि खोर बनाउन थालेका छन् ।

उनले दुई वर्षअघि ५ सय बोट पाउलोनिया रोपेका थिए तर त्यति राम्रो फस्टाउन सकेन । अहिले सोना कागती र म्याकाडोनिया कटुस रोपेका छन् । लामो समय विदेश बसेका निर्मलले जीवनको उत्तरार्धमा गाउँ फर्किएर गाउँलेलाई पनि गुन लगाएका छन् ।

सपिकोटा गुफाको उत्खनन् र प्रचारप्रसार

निर्मल गाउँ फर्किएर पाखाबारीको माटो खोर्सने काममा मात्रै छैनन् । अहिले सत्यवती गुफाको उत्खनन् र प्रचारप्रसारमा तल्लीन छन् । उनैको सक्रियतामा प्रथम सपिकोट गुफा महोत्सव भयो । आफ्नो सक्रियतामा सपिकोट गुफाका लागि ३८ लाख रुपैयाँ सरकारी अनुदान दिलाए ।

गुफा संरक्षणका लागि एउटा ट्रष्ट गठन भएको छ । ट्रष्टले काम अघि बढाउन नसकेकोमा र जनतालाई हिसाब नदेखाएकोमा भने उनको चित्त दुखेको छ ।

पर्यटन गाउँ बनाउने सपना

कृषि कर्म गरेर आफ्नो ठाउँमा ग्रामीण पर्यटन विकास गर्ने निर्मलको योजना छ । उनी लमजुङको घलेगाउँबाट प्रभावित छन् । घलेगाउँमा झैँ होम स्टे विकास गर्ने उनको सोचाइ छ । भीमाद नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले साथ दिएमा होम स्टे बनाउन र पर्यटन गाउँका रूपमा विकास गर्न सकिने उनको धारणा छ ।

निर्मल भन्छन्, ‘लमजुङको घलेगाउँमा जम्मा २९ घर छन्, तिनै घरका मान्छेले पराहर साल कोदोको रोटी, ढिडो र सिस्नु बेचेर २ करोड २८ लाख कमाए ।’ आफ्नो गाउँमा पनि घलेगाउँको जस्तै उन्नति हुन सक्ने उनको विश्वास छ ।

कोतबाराहीमा पानीको लिफ्टिङ गर्ने योजनासहित उनले भीमाद नगरपालिकाका मेयर मेखबहादुर थापासँग केही समयअघि सल्लाह गरे । कोरोना भाइरस सन्त्रासले गर्दा उनका सपनाहरू अलपत्र परेका छन् । उनले आफूले अघि सारेको योजनामा मेयर सकारात्मक रहेको बताए ।

कृषिकर्ममा सफलता

रोजगारी छैन भनेर कामविहीन बसेका युवाहरूलाई देखाउन आफू कृषि पेशामा लागेको निर्मलको भनाइ छ । स्वदेशमा काम पाइएन, सफल भइएन भनेर विदेश जाने युवाहरूलाई कृषिकर्ममा लाग्न उनको सुझाब छ ।

उनले भने, ‘रोजगारी नपाएर विदेश गएका युवाहरूले मलाई हेरेर काम गर्ने हो भने सबै पाखापखेरामा हरियाली छाउँछ । सबै युवाहरू रोजगार हुन्छन् र आफ्नै देशमा राम्रो आर्जन गर्न सक्छन् ।’

कहिलेकाहीँ दशा लागेरमात्रै असफल भइएला, नत्र सफल नै भइन्छ भन्ने उनको विश्वास छ । भन्छन्, ‘आँटेर गरेको काममा शत प्रतिशत सफलता मिल्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १ : ४० बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला