सभामुख सापकोटासँग पाकिस्तानी राजदूत जाबेदको विदाई भेट « Khabarhub

सभामुख सापकोटासँग पाकिस्तानी राजदूत जाबेदको विदाई भेट


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत डा मजर जाबेदबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको बताए ।

उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे ।

चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदुत जाबेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोग्रति आभार प्रकट गरे ।

उनले कोरोनाका कारण सात महिना यता दुई देशका संसदबीचको नियमित काम समेत हुन नसकेको भन्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  २ : ४९ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका