विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका कर्मचारीले गरे कुलमानको बिदाइ


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कर्मचारीहरूले औपचारिक बिदाइ गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएपछि मंगलबार उनको बिदाइ गरिएको हो ।

मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने सम्भावनाबीच बिदाइ कार्यक्रमलाई २ दिनसम्म रोकिएको थियो ।

सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलबार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा वक्ताहरूले घिसिङलाई पुन: स्वागत गर्न पाइने आशा पनि व्यक्त गरेका छन् ।

कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेर राहत दिएका थिए ।

निरन्तर घाटामा रहने प्राधिकरण उनको कार्यकालमा नाफामा समेत गएको छ ।

प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि चौतर्फी दबाब छ । उनको पक्षमा सोमबार राजधानीमा प्रदर्शन समेत भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ४६ बजे

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा

ओली उवाच र शास्त्र : चतरामा शल्यक्रिया गरेकै थिए त ऋषि सुश्रुतले ?

काठमाडौं – सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे ।

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात