‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै « Khabarhub

‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले ए सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले ओपो ए ५३ स्मार्टफोन नेपालमा सार्वनजिक गर्नका लागि सबै तयार भएको जानकारी दिएको छ।

५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १८ वाट फास्टको फास्ट चार्जर पनि रहेको छ।

‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ’ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत अतिरिक्त ब्याट्री क्षमता बढाउने कम्पनीको दाबी छ। त्यस्तै स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा २ प्रतिशत ब्याट्री क्षमता बचत गाराउने कम्पनीको दाबी छ।

४ जीबी र्‍याम भएको यो फोनमा २५६ जीबी अतिरिक्त क्षमता विस्तारको क्षमता रहेको छ।

१६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ। यसमा तीनओटा क्यामेरा सेटप रहेको छ।

म्यूजिक पार्टी, मल्टि यूजर मोड, आइकन पूल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली रहेको छ।

नेपाली बजारमा ६४ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोन सेप्टेम्बरभित्र सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ३ : ५९ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई