एनआरएनएले १३ औं साग र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीको कोरोना बीमा गर्ने « Khabarhub

एनआरएनएले १३ औं साग र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीको कोरोना बीमा गर्ने


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

एनआरएनएले मंगलबार विज्ञप्ति जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदका स्वर्ण, रजत र कास्य विजेता खेलाडीको कोरोना बीमा गर्ने जानकारी दिएको छ।

नेपाली खेलकुदमा समाहित खेलाडी परिवारलाई कोरोना महामारीको जोखिममा राहत पुगोस भन्ने उद्देश्यले बीमा गर्न लागिएको विज्ञप्तिमा भनिएको छ।

एनआरएनएले १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेलसँग सम्बन्धित सम्पूर्ण प्रशिक्षकहरुको साथै गत वर्ष सम्पन्न ८ औं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको कोरोना बीमा गर्ने जनाएको छ ।

यस्तै संघले कोरोना बीमाका लागी आवश्यक समन्वय गरिदिन नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रिय संघलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ–आफनो खेल र प्राप्त पदकको विवरणसहित नागरिकताको प्रतिलिपि यथा सीघ्र उपलव्ध गराउन माग गरिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : ०६ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण