एनआरएनएले १३ औं साग र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीको कोरोना बीमा गर्ने « Khabarhub

एनआरएनएले १३ औं साग र आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीको कोरोना बीमा गर्ने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) खेलकुद प्रतिष्ठानले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्ने खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

एनआरएनएले मंगलबार विज्ञप्ति जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदका स्वर्ण, रजत र कास्य विजेता खेलाडीको कोरोना बीमा गर्ने जानकारी दिएको छ।

नेपाली खेलकुदमा समाहित खेलाडी परिवारलाई कोरोना महामारीको जोखिममा राहत पुगोस भन्ने उद्देश्यले बीमा गर्न लागिएको विज्ञप्तिमा भनिएको छ।

एनआरएनएले १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेलसँग सम्बन्धित सम्पूर्ण प्रशिक्षकहरुको साथै गत वर्ष सम्पन्न ८ औं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको कोरोना बीमा गर्ने जनाएको छ ।

यस्तै संघले कोरोना बीमाका लागी आवश्यक समन्वय गरिदिन नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रिय संघलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ–आफनो खेल र प्राप्त पदकको विवरणसहित नागरिकताको प्रतिलिपि यथा सीघ्र उपलव्ध गराउन माग गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : ०६ बजे

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य