२८ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ को आईसीयूमा उपचार हुँदै « Khabarhub

२८ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ को आईसीयूमा उपचार हुँदै


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमण भएका २८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा दिएको जानकारीअनुसार बाग्मती प्रदेशमा मात्र २५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

यसैगरी प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा १-१ जना भेन्टिलेटरमा रहेको डा. गौतमले जानकारी दिए ।

आईसीयूमा रहेका संक्रमितको संख्या भने १७४ छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ५६ हजार ७८८ पुगेको छ ।

२४ घण्टामा थप १ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । मृतकको संख्या भने ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : २४ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका