२८ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ को आईसीयूमा उपचार हुँदै « Khabarhub

२८ कोरोना संक्रमित भेन्टिलेटरमा, १७४ को आईसीयूमा उपचार हुँदै


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमण भएका २८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा दिएको जानकारीअनुसार बाग्मती प्रदेशमा मात्र २५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।

यसैगरी प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा १-१ जना भेन्टिलेटरमा रहेको डा. गौतमले जानकारी दिए ।

आईसीयूमा रहेका संक्रमितको संख्या भने १७४ छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ५६ हजार ७८८ पुगेको छ ।

२४ घण्टामा थप १ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । मृतकको संख्या भने ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : २४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को