साढे १५ करोड अकुत कमाएको अभियोगमा बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

साढे १५ करोड अकुत कमाएको अभियोगमा बीपी प्रतिष्ठानका पूर्व उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रु सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ ।

आयोगका अनुसार दासको वैध आय रु सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ । आयको तुलनामा रु १५ करोड ३२ लाख तीन हजार ३५० अवैध आय देखिएको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ५६ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित