राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा « Khabarhub

राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ रनको इनिङ्स खेल्दा आयरले ५३ रन बनाए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार आठौं खेलमा प्लेईङ सेटमा नपरेका हुन् ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ ।

राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ४९ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी