काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।
पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्यो ।
पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।
जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो।
दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो ।
जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
क्रोएसिया तेस्रो स्थानमा रहँदा जितविहिन स्वीडेन पुछारमा छ ।
प्रतिक्रिया