विश्वभर एकै दिन ३ लाख ८१ हजारमा संक्रमण, ६ हजारको  मृत्यु « Khabarhub

विश्वभर एकै दिन ३ लाख ८१ हजारमा संक्रमण, ६ हजारको  मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर ३ करोड ८७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ८१ हजार ४६६ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ४३ हजार ८६४ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ९१ लाख २३ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७८ हजार ८९१ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८३ जनाको मृत्यु भएको छ । योसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८७६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८१ लाख ५० हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख  ५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ४१ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३४ हजार जनाको मृत्यु भएको छ । ६४ लाख ३ हजार ८१९ जना संक्रमित भएकोमा ३० लाख ९५ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : ४५ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र