दशैंका बेला सुनसान फिल्म क्षेत्र, करोडौं रुपैयाँ घाटामा « Khabarhub

दशैंका बेला सुनसान फिल्म क्षेत्र, करोडौं रुपैयाँ घाटामा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलेका वर्षहरुमा हिन्दू नेपालीहरुको महान चाड दशैंका बेला फिल्म क्षेत्रमा पनि व्यापक हल्लाखल्ला हुन्थ्यो । तर, यसपटक यो क्षेत्र सुनसान छ ।

मानिसको दैनिकी सामान्य अवस्थामा फर्किए पनि स्कूल र फिल्म क्षेत्रहरू भने बन्द गरिएका छन् ।

सरकारले गतवर्ष चैतको पहिलो सातादेखि फिल्म हल बन्द गर्ने निर्णय गरेदेखि फिल्म क्षेत्र पूर्ण रुपमा बन्द भएको छ । यी सात महिनामा कुनै पनि फिल्म रिलिज भएनन् । काम नसकिएका फिल्म पनि छायांकन हुन नसक्दा रोकिएका छन् ।

यदि कोरोना भाइरस महामारी हुँदैनथ्यो भने यतिबेला दशैं ताकेर प्रदर्शनको तयारीमा रहेका फिल्महरुबीच चर्को प्रतिस्पर्धा हुन्थ्यो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘छक्का पञ्जा’ टिमका दीपकराज गिरी लगायतले गतवर्ष नै आफ्ना फिल्म दशैंमा रिलिज गर्ने दाबी गरेका थिए ।

जबकि, यी मेकरका फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया कमाएका छन् । यसपालिको बडादशैंमा फिल्मकर्मीबीच आफ्नो फिल्म रिलिज गर्ने प्रतिस्पर्धा हुन्थ्यो । तर, कोरोना महामारीका कारण कुनै फिल्म पनि छायांकनमा नै जान सकेका छैनन् ।

यो दशैंमा रिलिज हुने भनिएका फिल्म स्किृप्ट पनि पूरा नभई थन्किएका छन् ।

अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ४’ पनि दशैंमा नै रिलिज गरिने तयारी थियो । तर, फिल्मको पूर्ण छायांकन नसकिँदै नेपालमा लकडाउन गरियो । कोरोना महामारीका कारण फिल्मको बाँकी काम सकिएको छैन ।

झण्डै सात महिनादेखि बन्द रहेका फिल्म हल दशैंसम्म खुल्ने धेरै फिल्मकर्मीको अपेक्षा थियो । तर, दशैं त के अझै मंसिरसम्म पनि फिल्महरु यस्तै बन्द रहने हुन् कि भन्नेमा फिल्मकर्मी चिन्तित छन् ।

वर्षभरि प्रायः फिल्म फ्लप भए पनि दशैंमा रिलिज गरेका फिल्मले करोडौंको व्यापार गर्ने गर्थे । व्यापारको लोभले गर्दा पनि फिल्मकर्मीबीच दशैंमा फिल्म रिलिज गर्ने होडबाजी नै हुने गर्थ्यो ।

कोरोना भाइरसका कारण यसपटक भने फिल्म क्षेत्र पूर्ण रुपमा सुनसान बनेको छ । फिल्मकर्मीहरु लामो समयदेखि कामविहीन बन्दै आइरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : २० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु