बीपी प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा पाँच संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा पाँच संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप पाँच संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले  दुई महिला र तीन पुरूषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिकाकाकी एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको छन् ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

डा. श्रेष्ठका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७: १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको छ । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषलाई कोरोना पुष्टिसँगै असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार थालिएको थियो ।

यस्तै इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धाको पनि बिहीबार बिहान १२:०५ बजे मृत्यु भएको छ ।

उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११:५५ बजे मृत्यु भएको डा.श्रेष्ठले बताए ।

असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका उनमा दीर्घ रोग भए नभएको जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।

धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाकोसमेत बुधबार अपरान्ह ३:१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै तेह्रथुम दांग्पा– १ का ४९ वर्षीय पुरुषको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

मृतक सबैको शवको व्यवस्थापन नेपाली सेनाले कोभिड-१९ शव व्यवस्थापनको नियमानुसार गर्नेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ११ बजे

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र