सोह्रखुट्टेमा ग्याँस विष्फोट, ११ घाइते (भिडियोसहित) « Khabarhub

सोह्रखुट्टेमा ग्याँस विष्फोट, ११ घाइते (भिडियोसहित)


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नयाँ बजारस्थित एक निजी घरमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

नीलकुमारीको ससुरा केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म भइरहेको थियो ।

बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् । त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा ठूलो क्षति भएको छ । वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

हेरौं भिडियो

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १२ : ४१ बजे

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र