सोह्रखुट्टेमा ग्याँस विष्फोट, ११ घाइते (भिडियोसहित) | Khabarhub Khabarhub

सोह्रखुट्टेमा ग्याँस विष्फोट, ११ घाइते (भिडियोसहित)


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको नयाँ बजारस्थित एक निजी घरमा ग्याँस सिलिन्डर पड्किएर आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

नीलकुमारीको ससुरा केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म भइरहेको थियो ।

बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् । त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा ठूलो क्षति भएको छ । वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

हेरौं भिडियो

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १२ : ४१ बजे

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको