आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा « Khabarhub

आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुने खेलमा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जित हात पार्न चाहन्छ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।

पन्जाबले पहिलो भेटमा बैंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाब उक्त जितलाई पुन: दोहोर्‍याउन चाहन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : २४ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा