आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा « Khabarhub

आइपीएलमा आज बैंगलोर र पन्जाबको प्रतिस्पर्धा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाह क्रिकेट स्टेडियममा राति पौने ८ बजे सुरू हुने खेलमा बैंगलोर छैठौँ जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।

तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हराउन बैंगलोरलाई सहज हुने छैन । यस सिजन खराब प्रदर्शन गरिरहेको पन्जाब भने दोस्रो जित हात पार्न चाहन्छ । ७ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

पन्जाबले यस सिजन बैंगलोरलाई नै हराएको थियो । त्यसबाहेक अन्य खेलमा जित निकाल्न सकेको छैन ।

पन्जाबले पहिलो भेटमा बैंगलोरलाई ९७ रनले हराएको थियो । पन्जाब उक्त जितलाई पुन: दोहोर्‍याउन चाहन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : २४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय