स्वास्थ्य मापदण्ड पालनाबारे अनुगमन गर्न विभागीय मन्त्रालयलाई निर्देशन   | Khabarhub Khabarhub

स्वास्थ्य मापदण्ड पालनाबारे अनुगमन गर्न विभागीय मन्त्रालयलाई निर्देशन  


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी निकायमा स्वास्थ्य मापदण्ड पालना भए /नभएको निगरानी गर्न विभागीय मन्त्रालयलाई मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरुलाई सम्बन्धीत विभिन्न शेवा सुरु गर्दा पालन गर्नु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएकोबारे निगरानी गर्न मन्त्रीहरु निर्देशन दिएको हो ।

अब हरेक १५ दिन मन्त्रीहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको प्रधानमन्त्री केपी शर्मा ओलीसामु ब्रिफिङ गर्नु पर्ने भएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले युवा तथा खेलकुद मन्त्रालयलाई ११ बुँदे पत्र खेल्दै उक्त निर्णय कार्यन्वयन गराउन भनेको छ ।

त्यस्तै, त्यसको कार्यन्वयनका रुपमा युवा तथा खेलकुद मन्त्रालयले आफ्नो मातहतका चारवटै निकायलाई पत्राचार गरिसकेको छ ।

‘विभन्न कार्य सेवा पालन गर्नुपर्दा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना भए/नभएको र सम्बन्धित निकायबाट सोको अनुगमन भए/नभएको सम्बन्धमा सम्बन्धित विभागीय मन्त्रीले निगरानी गर्ने र सोको जानकारी प्रत्यक १५ दिनमा प्रधानमन्त्रीलाई गराउने,’ भन्ने निर्णय मन्त्रीपरिषद् ले गरेको छ ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप), राष्ट्रिय युवा परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यसायी कोष लगायतका सबै निकायका प्रमुखलाई पत्र पठाइसकेको छ ।

अब खेलकुद सुरु होला त !

खेलाडीहरुले अभ्यास सुरु गर्न राखेप र संघहरुलाई दबाब दिइरहँदा मन्त्रिपरिषदबाट स्वास्थ्य सुरक्षा मापदण्डको निगरानी गर्न मन्त्रीलाई दिएको निर्देशनले अन्योल थपेको छ ।

‘मन्त्री ज्यूलाई नै स्वास्थ्य मापदण्ड पालनाको निगरानी गर्न भनिसकेपछि अहिले खेलकुदको अभ्यास सुरु हुने सम्भावना देखिएन । दैनिक रुपमा कोरोना संक्रमीत बढीरहेको अवस्था त्यो सम्भव होला जस्तो पनि लाग्दैन,’ युवा तथा खेलकुद मन्त्रालय स्रोतले भन्यो ।

राजधानीमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहँदा सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै अभ्यास शुरु गर्ने तयारी गरेका केही संघहरुको योजनामा यसले असर गर्न सक्ने बताइएको छ ।

राखेपले सरकारको स्वास्थ्य मापदण्ड पालना गर्न सक्ने संघलाई अभ्यास गर्न अनुमति दिने यसअघि राखेप सदस्य सचिव रमेश कुमार सिलवालले बताइसकेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ०० बजे

सन्तानले असल संकार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक पूर्ण रूपमा बन्द (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच