सघन उपचार कक्ष अभावमा संक्रमितको मृत्यु « Khabarhub

सघन उपचार कक्ष अभावमा संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मङ्गलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ ।

सङ्क्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।

यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान सवा ९ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए । उनमा असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ ।

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका—६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको छ ।
यसैबीच बाँकेमा आजै थप ६४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९६३ पुगेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोराना सङ्क्रमितको निको हुने दर ७६‍.८६ प्रतिशत छ । अब जिल्लाका विभिन्न आइसोलेशनमा ५६५ सङ्क्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ४० बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन