साउदीमा गैर कानूनी रुपमा बसेका १ हजार १३१ नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा गैर कानूनी रुपमा बसेका १ हजार १३१ नेपालीले पाए बहिर्गमन भिसा



दोहा- साउदी अरबमा गैरकानुनी रुपमा बसेका १ हजार १३१ जना नेपालीले एक्जिट भिसा (बहिर्गमन भिसा) पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले यो प्रकृयाकाे थालनी भएदेखि हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुलाई स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिसा दिइएको हो ।

दूतावासमा झुट्टो विवरण दिएर बहिर्गमन भिसाका लागि निवेदन दिएमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : २१ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै