साउदीमा गैर कानूनी रुपमा बसेका १ हजार १३१ नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा गैर कानूनी रुपमा बसेका १ हजार १३१ नेपालीले पाए बहिर्गमन भिसा



दोहा- साउदी अरबमा गैरकानुनी रुपमा बसेका १ हजार १३१ जना नेपालीले एक्जिट भिसा (बहिर्गमन भिसा) पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले यो प्रकृयाकाे थालनी भएदेखि हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुलाई स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिसा दिइएको हो ।

दूतावासमा झुट्टो विवरण दिएर बहिर्गमन भिसाका लागि निवेदन दिएमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : २१ बजे

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको