निर्मला प्रकरण : डीएसपी जिसीको निलम्बन फुकुवा « Khabarhub

निर्मला प्रकरण : डीएसपी जिसीको निलम्बन फुकुवा


२९ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।

बिहीबार गृह मन्त्रालयले डीएसपी जिसीको निलम्बन फुकुवा गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ। निर्मला बलात्कारपछि हत्यामा सुरुका आरोपी दिलिप सिंह विष्टलाई यातना दिएको भन्दै उनी निलम्बनमा परेका थिए ।

गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई प्रहरी अधिकारीलाई सफाइ दिएको थियो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले डीएसपी जिसीको निलम्बन फुकुवाको पत्र गृहले मुख्यालयमा पठाएको बताए।

पन्तको बलात्कार तथा हत्या प्रकरणमा मुद्दा परेपछि बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्टलाई पनि पुनर्बहालीको बाटो खुलेको छ। उनीबारे मन्त्रिपरिषदले निर्णय लिनुपर्ने हुन्छ।

सामाजिक न्याय र यातना कसुरमा जिसीसहित आठ प्रहरीलाई प्रतिवादी बनाइएको थियो। जिसी डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको थियो।

घटनाको बास्तविक दोषी अहिलेसम्म पत्ता लागेको छैन।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १० : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया