जब कुकुरको पुच्छर निधारमा पलायो ! « Khabarhub

जब कुकुरको पुच्छर निधारमा पलायो !


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कुकुरको निधारमा पुच्छर छ भन्दा पत्यार नलाग्न सक्छ, तर नपत्याई सुखै छैन । अमेरिकाको मिसौरीमा यस्तै एउटा घटना भएको छ । जहाँ कुकुरको एउटा बच्चाको निधारमा पुच्छर पलाएको हो ।

कुकुरको त्यो बच्चा अमेरिकाको मिसौरीस्थित सडकमा भेटिएको थियो । अभियानकर्ताहरुले कुकुरलाई त्यहाँबाट लिएर गएका थिए ।

उक्त कुकुरको नाम नरवाल रहेको छ । यो कुकुर दश महिनाको भएको छ । कुकुरको रेखदेख गर्ने संस्थापक रोशेल स्टीफनले यसलाई जादुई जीव भनेका छन् ।

उनले नरवाललाई भेटेर आफू खुसी भएको पनि बताएका छन् । निधारमा आएको पुच्छर हेर्नलाई मानिसहरुको भीड लाग्ने गरेको छ । साथै सेल्फी खिच्नका लागि मानिसहरु मरिहत्ते गरिरहेका छन् ।

कुकुरको निधारमा पुच्छर आएपछि त्यसलाई अस्पताल लगिएको छ । साथै कुकुरको एक्स(रे पनि गराइएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ०९ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित