रोमानियाको कोरोना अस्पतालमा आगलागी, कम्तीमा १० को मृत्यु | Khabarhub Khabarhub

रोमानियाको कोरोना अस्पतालमा आगलागी, कम्तीमा १० को मृत्यु


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

शनिबार भएको आगलागीमा परी अन्य केही गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन् । यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

एपीका अनुसार उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।

बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर समेत जलेर गम्भीर घाइते भएका छन् । ती डाक्टरलाई आर्मीको विमानमार्फत राजधानी लगिएको छ ।

अधिकारीहरूले अस्पतालमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ५८ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला