प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव « Khabarhub

प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं सत्तारूढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान भएको भेटमा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न गौतमलाई आग्रह गरेका थिए ।

ओलीको आग्रहमा गौतमले कार्यकारी अध्यक्ष प्रचण्डसहितको नेतृत्वलाई अन्डरमाइण्ड नगरी सबैलाई समेटेर लैजान सुझाव दिएका छन् ।

बैठकमा प्रस्ताव नै पेस भएकाले सहमति वा छलफलबाटै  त्यसलाई निर्क्यौलमा पुर्‍याउनको विकल्प अब नभएको उनले बताएको स्रोतले जनाएको छ । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले फेरि गौतमलाई इच्छा बमोजिमको मन्त्री बन्न अफरसमेत राखेको बताइन्छ ।

पार्टीभित्र संकट बढ्दै गएपछि ओलीले यहीबीचमा पटक/पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । ती भेटवार्तामा के भए भन्ने चाँही अहिलेसम्म खुलेको छैन ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

उक्त प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेपछि ओली संकटमा परेका छन् ।

बहुमत सचिवालय सदस्य ओलीविरूद्ध संस्थागत रूपमै लागेपछि उनी फेरि आफ्नो पक्षमा बहुमत बनाउन क्रियाशिल भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  २ : ३७ बजे

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य