२४ घण्टामा २७९८ कोरोना संक्रमित डिस्चार्ज | Khabarhub Khabarhub

२४ घण्टामा २७९८ कोरोना संक्रमित डिस्चार्ज


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा १ लाख ७३ हजार ४ सय ३० जना संक्रमित उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ।

आज देशभर ३५ हजार १२५ सय जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय २१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनाको पीसीआर परीक्षण भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ३३ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

सिप मेलामा युवा जाेस- सिकेर आफ्नै व्यवसाय खोल्छौँ

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ