साउदीमा कोरोनाले नेपाली श्रमिकहरुमा परेको असरका विषयमा अन्तरक्रिया « Khabarhub

साउदीमा कोरोनाले नेपाली श्रमिकहरुमा परेको असरका विषयमा अन्तरक्रिया


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोभिड-१९ ले नेपाली श्रमिकहरुमा पारेको असर र यसको समाधानको विषयमा राजदूत प्रा.डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरेको छ ।

कोभिड-१९ का कारण देश-विदेशमा ज्यान गुमाएका नेपालीहरू प्रति श्रध्दा सुमन सहित १ मिनेटको मौन धारण गर्दै सुरु भएको कार्यक्रममा राजदूत राजपुतले कोभिड-१९ संक्रमणका दौरान एनआरएनले गरेको योगदान, राहत, उद्धार सम्बन्धी कार्यको खुलेर प्रशंशा गरेका थिए ।

अहिलेसम्म साउदीबाट कोरोना महामारीका कारण समस्या परेका तथा अन्य विभिन्न कारणले रोकिएकामध्ये १८ हजार भन्दा बढी नेपाली श्रमिकहरु स्वदेश फर्किएको र सोही उडान मार्फत २०५ वटा शव पनि स्वदेश पठाएको राजदूत राजपुतले बताए ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष तेज थापाले कोभिड -१९ को विश्वव्यापि संक्रमण बढेसँगै साउदी अरबमा समस्यामा परेका नेपालीहरूको सहयोग, उद्धार र जीवन रक्षार्थ संस्थाले चरण-चरणमा बैठक तथा छलफल गरेको बताउदै साउदीस्थित नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय गरि साधन, श्रोत र जनशक्तिले भ्याएसम्म युद्ध स्तरकै रूपमा नेपालीहरूको सहयोग, उद्धार एवम् पैरवी पहलका लागि अधिकतम प्रयास गरेको र अझै पनि गरिरहेको बताए ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख, नेपाली महावाणिज्य दूतावास जेध्दाका कार्यबाहक महावाणिज्यदुत, एनआरएनए उपाध्यक्ष डा.  बद्रि केसी,प्रवक्ता डिबि क्षेत्री लगायत साउदीमा कृयाशील विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवम् अन्य सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ०४ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली