साउदीमा कोरोनाले नेपाली श्रमिकहरुमा परेको असरका विषयमा अन्तरक्रिया « Khabarhub

साउदीमा कोरोनाले नेपाली श्रमिकहरुमा परेको असरका विषयमा अन्तरक्रिया


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोभिड-१९ ले नेपाली श्रमिकहरुमा पारेको असर र यसको समाधानको विषयमा राजदूत प्रा.डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यमा अन्तरक्रिया गरेको छ ।

कोभिड-१९ का कारण देश-विदेशमा ज्यान गुमाएका नेपालीहरू प्रति श्रध्दा सुमन सहित १ मिनेटको मौन धारण गर्दै सुरु भएको कार्यक्रममा राजदूत राजपुतले कोभिड-१९ संक्रमणका दौरान एनआरएनले गरेको योगदान, राहत, उद्धार सम्बन्धी कार्यको खुलेर प्रशंशा गरेका थिए ।

अहिलेसम्म साउदीबाट कोरोना महामारीका कारण समस्या परेका तथा अन्य विभिन्न कारणले रोकिएकामध्ये १८ हजार भन्दा बढी नेपाली श्रमिकहरु स्वदेश फर्किएको र सोही उडान मार्फत २०५ वटा शव पनि स्वदेश पठाएको राजदूत राजपुतले बताए ।

कार्यक्रममा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष तेज थापाले कोभिड -१९ को विश्वव्यापि संक्रमण बढेसँगै साउदी अरबमा समस्यामा परेका नेपालीहरूको सहयोग, उद्धार र जीवन रक्षार्थ संस्थाले चरण-चरणमा बैठक तथा छलफल गरेको बताउदै साउदीस्थित नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय गरि साधन, श्रोत र जनशक्तिले भ्याएसम्म युद्ध स्तरकै रूपमा नेपालीहरूको सहयोग, उद्धार एवम् पैरवी पहलका लागि अधिकतम प्रयास गरेको र अझै पनि गरिरहेको बताए ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख, नेपाली महावाणिज्य दूतावास जेध्दाका कार्यबाहक महावाणिज्यदुत, एनआरएनए उपाध्यक्ष डा.  बद्रि केसी,प्रवक्ता डिबि क्षेत्री लगायत साउदीमा कृयाशील विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु एवम् अन्य सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै