४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै  « Khabarhub

४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै 


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या देशभर हालसम्म ४१८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३५४ जना आईसीयू र ६४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सबैभन्दा बढी बागमती प्रदेशमा १२० जना आईसीयूमा छन् भने ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै प्रदेश १ मा ४५ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, प्रदेश २ मा १६ जना आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकीमा ९४ जना आईसीयूमा र १३ को  भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आईसीमा छन्। कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै