जुवा खालबाट पञ्चपुरी नगरपालिकाका वडाध्यक्षसहित १५ पक्राउ « Khabarhub

जुवा खालबाट पञ्चपुरी नगरपालिकाका वडाध्यक्षसहित १५ पक्राउ


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक जना जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसीसहित १५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट तीन लाखभन्दा बढी नगदसमेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।

त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका–७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ०० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व