विश्वभर ७ करोडभन्दा बढीमा कोरोना संक्रमण, ५ करोड बढी निको « Khabarhub

विश्वभर ७ करोडभन्दा बढीमा कोरोना संक्रमण, ५ करोड बढी निको


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ ।

बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६९ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ८ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ४० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको