विश्वभर ७ करोडभन्दा बढीमा कोरोना संक्रमण, ५ करोड बढी निको « Khabarhub

विश्वभर ७ करोडभन्दा बढीमा कोरोना संक्रमण, ५ करोड बढी निको


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८० हजार नाघेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ४९ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड १३ लाख १० हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख २७ हजार नाघेको छ ।

बितेको २४ घण्टामा ८ हजार ४६७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख २७ हजार ३५७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६९ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ८ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ४० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको