ओलीसँगको भेटपछि नेता नेम्वाङले भेटे अध्यक्ष प्रचण्डलाई « Khabarhub

ओलीसँगको भेटपछि नेता नेम्वाङले भेटे अध्यक्ष प्रचण्डलाई


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले अध्यादेश जारी गरेपछि शुरु भएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

सरकारले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा भेटेका नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग अध्यादेश लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।

प्रचण्डसँगको भेटलाई पुष्टि गर्दै नेता नेम्वाङले भने,‘मैले अध्यक्ष प्रचण्डलाई हेलो गरेको थिए । उहाँका पनि केही जिज्ञासाहरु थिए । आउनुस् न यही भेटौं भन्नुभयो अनि म खुमलटार उहाँको निवासमा पुगेको हुँ ।’

उनले अहिलेको समसामयिक सन्दर्भमा कुरा भएको बताए ।

‘अहिलको पार्टीको विवादका सन्दर्भमा म सकारात्मक छु । तपाईहरु पनि लाग्नुस भन्नुभयो । त्यही सन्दर्भमा आज अध्यादेश आएछ नि भनेर सोध्दैहुनुहुन्थ्यो ।’ उनले भने ।

अध्यक्ष प्रचण्डसँग भेट्नुअघि नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।

छलफलका क्रममा आफूलाई अध्यक्ष प्रचण्डले बोलाएको र जान लागेको बताएपछि प्रधानमन्त्रीले समेत प्रचण्डसँग भेट्न भनेको उनले बताए ।

उनले भने,‘ म अहिले खुमलटार जाँदैछु भने, प्रधानमन्त्रीले मुसुक्क हाँस्दै हुन्छ जानुहोस भन्नुभयो ।’

अध्यादेशका कारण कुनै समस्या आउने आशंका नरहेको भन्दै नेता नेम्वाङले संवैधानिक परिषद्को बैठक बस्न नसकेका बेलामा अध्यादेश आवश्यक भएको बताए ।

पार्टीसँग कुनै पनि सल्लाह नगरी सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको भन्दै  त्यसबारे ठोस अडान लिन नेकपाका असन्तुष्ट नेताहरु खुमलटार बैठकमा जुटेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०७ बजे

बागमती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

एनपीएल क्रिकेट : लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

झापा– नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध कर्णाली फिल्डिङमा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत पहिलो

योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार

बाँके– बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो