ओलीसँगको भेटपछि नेता नेम्वाङले भेटे अध्यक्ष प्रचण्डलाई « Khabarhub

ओलीसँगको भेटपछि नेता नेम्वाङले भेटे अध्यक्ष प्रचण्डलाई


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले अध्यादेश जारी गरेपछि शुरु भएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

सरकारले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा भेटेका नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग अध्यादेश लगायतका विषयमा जिज्ञाशा राखेका थिए ।

प्रचण्डसँगको भेटलाई पुष्टि गर्दै नेता नेम्वाङले भने,‘मैले अध्यक्ष प्रचण्डलाई हेलो गरेको थिए । उहाँका पनि केही जिज्ञासाहरु थिए । आउनुस् न यही भेटौं भन्नुभयो अनि म खुमलटार उहाँको निवासमा पुगेको हुँ ।’

उनले अहिलेको समसामयिक सन्दर्भमा कुरा भएको बताए ।

‘अहिलको पार्टीको विवादका सन्दर्भमा म सकारात्मक छु । तपाईहरु पनि लाग्नुस भन्नुभयो । त्यही सन्दर्भमा आज अध्यादेश आएछ नि भनेर सोध्दैहुनुहुन्थ्यो ।’ उनले भने ।

अध्यक्ष प्रचण्डसँग भेट्नुअघि नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।

छलफलका क्रममा आफूलाई अध्यक्ष प्रचण्डले बोलाएको र जान लागेको बताएपछि प्रधानमन्त्रीले समेत प्रचण्डसँग भेट्न भनेको उनले बताए ।

उनले भने,‘ म अहिले खुमलटार जाँदैछु भने, प्रधानमन्त्रीले मुसुक्क हाँस्दै हुन्छ जानुहोस भन्नुभयो ।’

अध्यादेशका कारण कुनै समस्या आउने आशंका नरहेको भन्दै नेता नेम्वाङले संवैधानिक परिषद्को बैठक बस्न नसकेका बेलामा अध्यादेश आवश्यक भएको बताए ।

पार्टीसँग कुनै पनि सल्लाह नगरी सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको भन्दै  त्यसबारे ठोस अडान लिन नेकपाका असन्तुष्ट नेताहरु खुमलटार बैठकमा जुटेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ०७ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको