अध्यादेशबारे विवेकशील साझाले भन्यो : 'सर्वसत्तावादतर्फ सरकारको कदम'  | Khabarhub Khabarhub

अध्यादेशबारे विवेकशील साझाले भन्यो : ‘सर्वसत्तावादतर्फ सरकारको कदम’ 


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएको विषयमा विवेकशील साझा पार्टीले “संविधानको मर्ममाथि ठाडो प्रहार र सर्वसत्तावादतर्फ सरकारको कदम”को संज्ञा दिएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी र अलोकतान्त्रिक कदम चाल्न बन्द गरी संसद्को अधिवेशन तत्काल आह्वान गर्न पनि माग गरेको छ।

“सरकारको अक्षमता र सत्तारुढ दलभित्रको अन्तहीन आन्तरिक किचलोको मुलुक र नागरिकले यसै पनि चर्को मूल्य चुकाउनुपरिरहेका बेला प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रमाथि नै जोखिम बढेर गएको छ,” विज्ञप्तिमा भनिएको छ।

पार्टीले संवैधानिक परिषद् ऐनको यसअघिको प्रावधानअनुसार शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तका आधारमा संवैधानिक अंगहरूमा सक्षम र योग्य व्यक्तिहरू नियुक्त गर्न माग गरेको छ।

पार्टीले अध्यादेश फिर्ता लिन समेत माग गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ५९ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा