अनियमितताको आरोपमा दुई कर्णेल नियन्त्रणमा « Khabarhub

अनियमितताको आरोपमा दुई कर्णेल नियन्त्रणमा


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरस्थित सैनिक महाविद्यालयमा प्रमुख रहँदा रासन अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेलमाथि सैनिक मुख्यालयले छानबिन शुरु गरेको छ ।

मुख्यालयले नेपाली सेनाका कर्णेल भूपालमान अधिकारी र लेफ्टिनेन्ट कर्णेल देव क्षत्रीमाथि रासन अनियमितताको आशंकामा अनुसन्धान शुरु गरेको हो ।

उनीहरूलाई नियन्त्रणमा लिएर छानबिन थालिएको छ । प्रारम्भिक छानबिनले रासनमा अनियमितता भएको देखाएकाले दुवै जनालाई ‘लाइन एरेस्ट’मा राखेर छानबिन थालिएको सैनिक स्रोतले जनाएको छ ।

सैनिक स्रोतका अनुसार करिब दुई वर्षअघि उनीहरूले सैनिक महाविद्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा विद्यालयमा पठाइएको रासन अन्यत्र बेचेको आरोप छ ।

त्यसरी बेचिएको रासनबापतको रकम अन्यत्रबाट उनीहरूको व्यक्तिगत खातामा आएको देखिएको सैनिक स्रोतले जानकारी दिएको हो । सो विषयमा छानबिन गर्न सहायक रथी प्रदीपजंग केसीको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वायरी’ले उनीहरूमाथि अनुसन्धान गरिरहेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनासँग जोडिएका पुराना विषयमा गुनासो आउन थालेपछि विगतका आर्थिक विषयसमेत छानबिन गर्ने नीति लिएका छन् ।

त्यसका लागि सेनाले ‘रिभर्स करप्सन’ नाम दिएर विगतका खरिद प्रक्रियालाई समेत हेर्दै आएको छ । प्रधानसेनापति थापाले प्रश्न उठेका स्थानमा मुख्यालयबाट टोली नै खटाएर छानबिन गर्दै आएका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : ०२ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता