शुरु भयो ‘माइकल अधिकारी’को छायांकन « Khabarhub

शुरु भयो ‘माइकल अधिकारी’को छायांकन


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोपीकृष्ण ब्यानरमा बन्ने फिल्म ‘माइकल अधिकारी’ फ्लोरमा गएको छ । फिल्मको बुधवारबाट छायांकन थालिएको हो ।

सरोगेसी (कोख भाडामा) को कथामा आधारित यो फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमका अनुसार फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको समेत अभिनय रहनेछ ।

रञ्जित रौनियारले निर्देशन गर्ने यो फिल्ममा उद्धव पौडेल प्रस्तुतकर्ता रहेका छन् भने निर्मातामा निरक पौडेल छन् ।

निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद रहनेछ । यस्तै फिल्ममा शम्भुजित बास्कोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने निर्माण टिमले जनाएको छ ।

फिल्मको सम्पूर्ण छायांकन बिर्तामोड र इलाममा गरिनेछ । ३५ दिनमा छायांकन सकिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : २४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले