शुरु भयो ‘माइकल अधिकारी’को छायांकन « Khabarhub

शुरु भयो ‘माइकल अधिकारी’को छायांकन


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोपीकृष्ण ब्यानरमा बन्ने फिल्म ‘माइकल अधिकारी’ फ्लोरमा गएको छ । फिल्मको बुधवारबाट छायांकन थालिएको हो ।

सरोगेसी (कोख भाडामा) को कथामा आधारित यो फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहनेछ ।

निर्माण टिमका अनुसार फिल्ममा आशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको समेत अभिनय रहनेछ ।

रञ्जित रौनियारले निर्देशन गर्ने यो फिल्ममा उद्धव पौडेल प्रस्तुतकर्ता रहेका छन् भने निर्मातामा निरक पौडेल छन् ।

निर्देशक रञ्जितकै कथा, शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद रहनेछ । यस्तै फिल्ममा शम्भुजित बास्कोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने निर्माण टिमले जनाएको छ ।

फिल्मको सम्पूर्ण छायांकन बिर्तामोड र इलाममा गरिनेछ । ३५ दिनमा छायांकन सकिने निर्माण टिमले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : २४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको