ए डिभिजन लिग फुटबल : छैठौं चरणमा ५ गोल थपिँदा, १२ पहेंलो कार्ड खर्च « Khabarhub

ए डिभिजन लिग फुटबल : छैठौं चरणमा ५ गोल थपिँदा, १२ पहेंलो कार्ड खर्च


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा छैठौं चरणका खेल सकिँदा शीर्ष स्थानमा मछिन्द्र क्लब रहेको छ ।

चौथो चरणसम्म साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले नेतृत्व गरिरहेको थियो भने पाँचौ चरणसकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको थियो ।

तर, अहिले छैठौं चरणमा आइपुग्दा यसै सिजनका लागि नयाँ खेलाडीसहित लिगमा आएको मछिन्द्रले नेतृत्व गरिरहेको छ ।

मछिन्द्रले ६ खेलबाट १३ अंक जोड्दा समान १३ अंक बनाएको आर्मी गोल अन्तरले दोस्रो स्थानमा रहेको छ भने साविक विजेता क्लब मनाङ तेस्रो स्थानमा छ ।

मनाङले लगातार तीन खेल बराबरी खेल्दा लिगमा पछि पर्र्नु परेको हो । छ खेल खेल्दा मनाङले १२ अंक जोडेको छ ।

ललितपुरे क्लब थ्री स्टार भने लिगमा १० अंकसहित चौथो स्थानमा छ । उसले ३ खेलमा जीत २ खेलमा हार र १ खेलमा बराबरी खेलेको छ ।
पाँचौ स्थानमा रहेको जावलाखेल छैठौं चरणमा शीर्ष स्थानको मछिन्द्रसँग पराजित भएको थियो । ९ अंकसहित जावलाखेल लिगको पाँचौ स्थानमा छ ।

लिगमा ६ खेल सकिँदा पनि दुई क्लबले अझै जीत हात पार्न सकेका छैनन् । जसमा सरस्वती क्लब र हिमालयन शेर्पा रहेका छन् । हिमालयन शेर्पा यस्तो क्लब हो अहिलेसम्म लिगमा सबैभन्दा धेरै खेल ‘ड्र’ गरेको छ । उसले ६ मध्ये ४ खेल बराबरी खेल्दा २ खेलमा हार व्येहोरेको छ ।

यता, पुछारको सरस्वती क्लब भने रेलिगेसन जोनमा छ । उसले अहिलेसम्म मात्रै १ अंक जोडेको छ । त्यो पनि छैठौं चरणमा आइपुग्दा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक तालिकामा खाता खोलेको हो ।

छैठौं चरणमा ५ गोल थपिँदा १२ पहेंलो कार्ड बढी खर्च भएका छन् । पाँचौ चरणसम्म लिगमा यस सिजनको गोल संख्या ६८ थियो भने छैठौं चरणको खेल सकिँदा ७३ पुगेको छ भने पाँचौ चरणसम्म पहेंलो कार्ड ५८ जनाले पाएका थिए भने अहिले ७० जना पुगेका छन् ।

गोल गर्ने खेलाडीको संख्या ५० पुग्दा लिगमा अहिलेसम्म जम्मा ७४ गोल भएका छन् । यस्तै, पहेंलो कार्ड ७० जनाले पाउँदा जम्मा ८१ कार्ड खर्च भएका छन् ।

यस्तै, यो सिजनको लिगमा रातो कार्ड पाउने खेलाडी संख्या १० पुगेको छ । जबकी अघिल्लो बर्ष सिजनभरी १० जना खेलाडीले मात्रै रातो कार्ड पाएका थिए ।

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल (च्यासल युवा क्लब) ५
सोमिडे एडिलाजा (मछिन्द्र क्लब) ३
विमल राना (मनाङ मर्स्याङ्दी क्लब) ३
आशिष लामा (एपीएफ क्लब) ३
सुमन लामा (नेपाल पुलिस क्लब) ३
नवयुग श्रेष्ठ (आर्मी क्लब) ३

रातो कार्ड

दिपेन्क राज सिंह (ब्रिगेड व्वाईज क्लब)
जोर्डन जेआर (न्युरोड टिम एनआरटी)
निरज बस्नेत (हिमालयन शेर्पा क्लब)
अञ्जन राई (नेपाल पुलिस क्लब)
अशोक बराल (मनाङ मर्स्याङ्दी क्लब)
एकराज बुढाथोकी (मनाङ मर्स्याङ्दी क्लब)
लक्ष्मण रुचाल (संकटा क्लब)
सुमन अर्याल (आर्मी क्लब)
युद्ध शाही (आर्मी क्लब)
सुरज विके (मनाङ मर्स्याङ्दी क्लब)

सातौं चरणका खेल शुक्रबारदेखि

लिगमा सातौं चरणका खेल शुक्रबार सुरु हुने भएका छन् । सातौं चरणको पहिलो खेल शीर्ष स्थानको मछिन्द्र क्लब र अहिलेसम्म जीत हात पार्न नसकेको हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ । सातौं चरणका पनि सबै खेल दशरथ रंगशालामै हुनेछन् ।

यो पनि पढ्नुहोस्

ए डिभिजन लिग: रोमाञ्चक अंक तालिका तर खेलाडीको अनुशासनमाथि प्रश्न !

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १२ : १४ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन