आस्था राउतको भिडियोबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन | Khabarhub Khabarhub

आस्था राउतको भिडियोबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउत सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै प्रहरीमाथि खनिएपछि विवादमा तानिएकी छिन् ।

राउतले आफ्नो फेसबूक पेजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै प्रहरीलाई नानाभाँती गाली गरेकी थिइन् ।

राउतले लाइभ भिडियोमा प्रहरीलाई डन्ठे, प्यूसा, पुलिस हो कि फुलिस लगायतका शब्द प्रयोग गर्दै गाली गरेकी छिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएपछि आस्थाले उक्त भिडियो हटाइसकेकी छिन् । साथै उनले माफी माग्दै अर्को स्टाटस लेखेकी छिन् । तर, उनले प्रहरीले व्यवहार सुधार गर्नुपर्ने बताएकी छिन् ।

‘रिसको आवेगमा वेद पढिँदैन, मलाई पनि त्यस्तै भयो, केही शब्दहरुका लागि क्षमा चाहन्छु,’ आस्था राउतले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रशासनको कामहरुप्रति मलाई सधै सम्मान छ, तर सर्वसाधारणहरुसँग बोल्दा तुच्छ व्यवहार नगरियोस्, तँ तँ र म म गर्न बन्द गरियोस्, नैतिक शिक्षाको कमी नरहोस् ।’

भिडियोमा प्रहरीलाई तथानाम गाली गरेपछि सामाजिक सञ्जालमा यस बारेमा बहस भएको छ । धेरैले राउतको समर्थन र प्रहरीलाई गतिलो जवाफ दिएको प्रतिक्रिया दिएका छन् । यद्यपि आस्थाले प्रयोग गरेका शब्दप्रति पनि उनका फ्यान पनि असहमत देखिएका छन् ।

यसैबीच नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले आस्था राउतले प्रहरी कर्मचारीविरुद्ध अपशब्द प्रयोग गर्दैै सामाजिक सञ्जालमा भिडियो ‘पोस्ट’ गरेको विषयमा छानबिन गर्न निर्देशन दिइएको बताए ।

‘यो भिडियोको सन्दर्भमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको छ । हामीले भिडियोको विषयलाई लिएर अनुसन्धान गर्न भनेर महानगरीय प्रहरीको कार्यालयलाई पत्राचार पनि गरिसकेका छौं,’ डिआईजी क्षेत्रीले खबरहबसँग भने ।

आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा आफूमाथि प्रहरी कर्मचारीबाट ‘तल्लोस्तरको व्यवहार’ गरिएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरीको सुरक्षा कार्यालयका प्रहरीले दुव्र्यवहार गरेको राउतको आरोप छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालय महानगरीय प्रहरीअन्तर्गत पर्छ ।

यद्यपि, महानगरीय प्रहरी कार्यालयले भने राउतको भिडियोको विषयमा कुनै धारणा सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  २ : ०७ बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष