ओली–प्रचण्डबीचको छलफल सकियो, सभामुख चयनबारे टुंगो लागेन « Khabarhub

ओली–प्रचण्डबीचको छलफल सकियो, सभामुख चयनबारे टुंगो लागेन


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार(आज) करीब २ घन्टा भएको छलफलमा सभामुख चयन, अमेरिकी सहयोग(एमसीसी) लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको भेटवार्ता सकिएको जानकारी दिए ।

तर, दुई अध्यक्षबीचको छलफलमा भने सभामुखबारे टुंगो लागेन ।

नयाँ सभामुख चयनका विषयमा देखिएको गतिरोध अन्त्य हुने दिशातर्फ छलफल अघि बढेको अध्यक्ष प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दियो ।

नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ ।

ओली सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउन अडान लिएका छन् । उता उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाउनु पर्ने लविङ राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएको कारण समस्या उत्पन्न भएको नेकपाका नेताहरुको भनाइ छ ।

नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन स्पष्ट निर्देशन नदिएको भन्दै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग रिसाएका उनी निकट नेताहरुले बताउँदै आएका थिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  २ : ३१ बजे

स्वयम्भू क्षेत्रका अतिक्रमित संरचनामा डोजर (तस्बिरहरू)

काठमाडौं– स्वयम्भू क्षेत्रमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ।

ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी

रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

मध्यविन्दु– नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा

जेन-जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

जानकी– गत भदौ २३ गते जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको