सभामुखबारे छलफल गरेर बालुवाटारबाट बाहिँरिदा प्रचण्ड हर्षित ! « Khabarhub

सभामुखबारे छलफल गरेर बालुवाटारबाट बाहिँरिदा प्रचण्ड हर्षित !


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केहीदिन यताको संवादहीनतालाई चिर्दै बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकारात्म भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार(आज) करीब २ घन्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सभामुख चयनका लागि दुई अध्यक्षले फरक फरक नेतालाई अघि सारेपछि समस्या उव्जिएको थियो । तर आजको छलफल सकारात्मक रुपमा अघि बढेको ‘ब्रिफिङ’ प्रचण्डले सचिवालयलाई गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि बालुवाटारबाट बाहिरिँदा प्रचण्ड हर्षित देखिएको श्रोतको भनाइ छ ।

ओलीले यसअघि सुवास नेम्वाङलाई सभामुख बनाउने अडान राखेका थिए भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए ।

सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उनले पार्टीका दुई अध्यक्षहरुसँगको भेटवार्तामा आफूले राजीनामा नदिने चेतावनी दिएकी थिइन् ।

राष्ट्रपतिको सद्भाव पाएपछि शिवमाया राजीनामा नगर्ने मनस्थितिमा पुगेकी थिइन् भने बालुवाटारले पनि शीलतनिवासको सदासयतामा मौन स्वीकृती दिएको प्रचण्ड पक्षका नेताहरुको दाबी थियो । त्यसयता ओली र प्रचण्डबीच छलफल नै रोकिएको थियो ।

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको आजको बैठकपछि सभामुख चयनबारे चाँडै सहमति हुने देखिएको छ’ स्रोतले खबरहबसँग भन्यो,‘बैठक सकारात्मक रुपमा अघि बढेको छ ।’

माघ ६ गतेलाई बोलाइएको प्रतिनिधि सभा बैठक अगावै सभामुखबारे निर्णय भइसक्ने नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

‘संसद बैठक अगावै सभामुख चयनका बारेमा निर्णय हुनेछ’ महासचिव पौडेलले भने ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  २ : ५२ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको