देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तनहुँ, बारा, मोरङ, सप्तरी, कैलाली, चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

तनहुँ, देवघाट गाउँपालिका-५ कालिमाटीस्थित सडकमा बा.१ ग २११८ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सशस्त्र प्रहरी सेनामुख बाग्लुङ दरबन्दीका प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २९ जना मध्ये २५ जनाको सोही अस्पताल र ४ जनाको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट देवघाट मेलाको सुरक्षार्थ खटिएको प्रहरीको टोली मेला समाप्त भए पश्चात उक्त गाडीमा पोखरातर्फ फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

बारा, महागढीमाई नगरपालिका-२ स्थित सडकमा बुधबार दिउँसो बीआर०५ पीए ०५३५ भारतीय नम्बरको टेम्पोको ठक्करबाट भारत मोतीहारी बस्ने सुजित साहको ४ महिनाकी छोरी ज्योती साहको घटनास्थलमै मृत्यु भएको छ ।

ती शिशुलाई उनको हजुरआमाले बोकी हिँडेको अवस्थामा सो टेम्पोले ठक्कर दिँदा शिशु हातबाट खस्न गई घटनास्थलमै मृत्यु भएको हो । ट्याम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा, महागढिमाई नगरपालिका-७ बेनौलीचोकस्थित सडकमा बुधबार साँझ बीआर०५ ए एफ ३३३७ नम्बरको स्कुटरमा सवार भारत आदापुर थाना बेलदरवा बस्ने बिजय साहको ५ वर्षीय छोरा रिदम साह स्कुटरबाट अचानक खस्न गई अनटेस्ट ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, बुढीगंगा गाउँपालिका-७ डंग्राहास्थित सडकमा बुधबार साँझ को.१३ प ४६९३ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय छेतधर्नु खाँ थारूको बिराट मेडिकल अस्पताल टंकीमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, बलान बिहुल गाउँपालिका‍-२ पतराहास्थित सडकमा बीआर३२ जेट ७५९९ नम्बरको मोटरसाइकलले बुधबार साँझ साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही गाउँपालिका-६ बस्ने ६५ वर्षीय कुसुमलाल रामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, भजनी नगरपालिका-८ सुनाफाँटास्थित सडकमा से.१ प ९९३० नम्बरको मोटरसाइकलले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने ६० वर्षीया टुन्टी चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र भजनी हुँदै मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही नगरपालिका-१ बस्ने ३० वर्षीय फुलराम चौधरीको टिकापुर कैलालीमा उपचार भइरहेको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, खैरहनी नगरपालिका-१ तरकारी चोकस्थित सडकमा बिहीबार बिहान ना.७ ख ८१४१ नम्बरको ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे, पनौती नगरपालिका-५ ढलमलेस्थित सडकमा बुधबार साँझ प्रदेश-३-०२-००१ प ०४७७ नम्बरको मोटरसाइकलको ठक्करबाट ललितपुर ईमाडोल बस्ने ५० वर्षीय रामहरी देउजाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका देउजाको शिर मेमोरियल अस्पताल बनेपा हुँदै नागरिक अस्पताल गठ्ठाघरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले घाइतेहरूको उद्धार गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ३ : ०० बजे

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै

प्रधानन्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको