‘पर्यटक’ बनेर जब भारतीय प्रहरी बर्दीमै नेपाल पुगे « Khabarhub

‘पर्यटक’ बनेर जब भारतीय प्रहरी बर्दीमै नेपाल पुगे


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुधबार अपराह्न करिब ५ बजेर २५ मिनेट भएको थियो । कैलालीको चिसापानीमा भारतीय नम्बर प्लेटमा आएका केही व्यक्ति देखिए ।

उनीहरु खाकी रंगको बर्दीमा थिए । केहीले कुनै कम्पनीका सेक्युरिटी गार्ड पो हुन् कि भन्ने प्रश्न गरे । तर, काँधमा उत्तर प्रदेश पूलिस (उ.प्र.पू)को ब्याच टाँसेको देखिएपछि स्थानीयले उनीहरु भारतीय प्रहरी भएको यकीन गरे ।

त्यसपछि केही स्थानीयले प्रहरीको इमरजेन्सी नम्बर १०० मा सम्पर्क गरे । जिल्ला प्रहरी कार्यालयबाट फोनको ‘रेस्पोन्स’ भयो ।

स्थानीयले फोन गरेको केही मिनेटमै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली त्यहाँ पुग्यो ।

स्थानीयले भारतीय प्रहरी बर्दीसहित पुग्दा पनि मुकदर्शक बनेको भन्दै नेपाल प्रहरीका अधिकारीलाई प्रश्न गर्छन् ।

चिसापानी पुगेको नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीका ९ जनालाई आफ्नो गाडीमा हालेर इलाका प्रहरी कार्यालय चिसापानी पुर्‍यायो ।

नेपाल प्रहरीले सोधपुछ गर्दा चिसापानी पुगेका भारतीय प्रहरीले आफूहरु भिजिट नेपाल–२०२० चलेका कारण पर्यटकका रुपमा घुम्नका लागि नेपाल आएको बयान दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले सोधपुछ गरेपछि भारतीय प्रहरीहरुलाई बुधबार नै फिर्ता पठाइएको बताए ।

डिएसपी बस्नेतका अनुसार उनीहरु नेपाल–भारत सीमा नाका बाँकेको रुपेडियाबाट नेपाल छिरेका थिए ।

रुपेडियाबाट करिब १०० किलोमिटरको दूरी पार गरेर उनीहरु चिसापानी पुगेका थिए ।

त्यसबीचमा बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ नेपाली सेनाका ४ वटा चेक प्वाइन्टहरु पर्छन् ।

निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको टोलीले शंका लागेको आधारमा पूरै गाडीसहित गाडीमा सवार व्यक्तिमाथि पनि खानतलासी गर्छ । तर, भारतीय प्रहरीहरु बर्दीसहित निकुञ्ज क्षेत्र समेत पार गरेर चिसापानी पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बस्नेत भने उनीहरु आफूसँग भएका सबै हतियार रुपेडिया नाकामै राखेर नेपाल आएका बताउँछन् ।

नेपाल प्रहरीसँगको बयानका क्रममा उनीहरुले उत्तर प्रदेशको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि तैनाथ भएको बताएका छन् ।

बहराइचबाट करिब ६५ किलोमिटरको दूरी तय गरेर नेपाली सीमा क्षेत्रमा पुगेका उनीहरु त्यहाँबाट पनि करिब १०० किलोमिटर पर कैलालीको चिसापानी पुगेका थिए ।

भारतीय प्रहरीहरु यसअघि पनि विभिन्न व्यक्तिलाई पक्राउ गर्न भन्दै हतियारसहित नेपाल प्रवेश गर्ने गरेका थिए । तर, नेपालले हतियारसहित नेपाल छिरेका भारतीय प्रहरीलाई पनि बिना कुनै ‘कारबाही’ सकुशल स्वदेश फिर्ता पठाउने गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ५ : ४७ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना