चीनबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना उतै रोकिए « Khabarhub

चीनबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइयो, १० जना उतै रोकिए


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन गएको विमान १ सय ७५ जनालाई लिएर काठमाडौँ फर्किएको छ ।

बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

वुहानमा रहेका १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको, ६ जनामा स्वास्थ्य समस्य देखिएपछि नेपाल नल्याइएको र अन्य चार जना आफ्नो इच्छाले नेपाल नआएको दूतावास जानकारी दिएको छ ।

नेपाल ल्याइएका विद्यार्थीलाई विमानस्थलबाट सोझै खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा वनाईएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई १५ दिनसम्म विशेष निगरानीमा राखिनेछ ।

जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका–६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।

नेपाल आउन आवेदन दिएका १८५ जनामध्ये बाँकी १७५ जना नेपाली विद्यार्थी चीनको समय अनुसार शनिबार राती १२:५२ बजे वुहानबाट काठमाडौंका लागि उडेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाली विद्यार्थीलाई हुपेई प्रान्तका ६ वटा शहरबाट ६ वटा बसमा राखेर शनिबार वुहानस्थित विमानस्थल ल्याइएको थियो।

नेपाल फर्काइएका १७५ जना नेपालीमध्ये १७० जना विद्यार्थी रहेका छन् भने १ जना कामदार, २ जना पर्यटक र २ जना बालबालिका रहेका दूतावासले जनाएको छ।

वुहानबाट काठमाडौं उडेका १७५ मध्ये वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना, जिङझाउका ४८ जना रहेका छन्। १७५ जनामध्ये १३४ जना पुरुष र ४१ जना महिला छन्।

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ३९ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली