गेटाफेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जीत « Khabarhub

गेटाफेविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जीत


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ् – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा रोबर्टोले गोल गर्दा पहिलो हाफमा बार्सिलोना २-० ले अघि रह्यो  ।

दोस्रो हाफको ६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्काएपनि बार्सिलोनाले २-१ को जीत हात पार्यो ।

यो जीतसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।

बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ । लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ५५ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण