चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने « Khabarhub

चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ ।

बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्‍याएका छन । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरु सबैको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उनीहरुलाई कम्तिमा २ साता खरिपाटीस्थित क्वारेन्टाइनमा नै राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आवेदन दिएका एक सय ८५ मध्ये १० जना चीनमा नै रोकिएका छन । ६ जनाको स्वास्थ्यमा समस्या आएपछि वुहानमै रोकिएका हुन भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेकाले नेपाल नआएको चीनस्थित  नेपाली दूतावासले जनाएको छ ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन् ।

नेपाल आउनेमा एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार छन। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिला नेपाल आएका हुन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ०६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित