फेसबुकमा २७ करोड फेक आइडी « Khabarhub

फेसबुकमा २७ करोड फेक आइडी


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ ।

फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो ।

रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन ।  यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढी हो ।

जसमा २७ करोड ५ लाख भन्दा बढि फेक आइडी नै भएको उसले जनाएको छ । रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ ।

त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ ।

फेसबुकले यस्ता अकाउन्टलाई प्रयोगकर्ताले आफुले धेरै चलाउने अकाउन्टको विकल्पको रुपमा राख्ने गरेको पनि जनाएको छ ।

यस्तै फेसबुकको स्वामित्व रहेको कम्पनी ह्वाटसएपले भारतमा फेक न्युजको बारेमा भारत सरकारसँग कुराकानी गरिरहेको खबरहरुपनि सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : १० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा