गोही संरक्षणमा चुनौती, राप्ति र नारायणीमा छाडिएका तीन गोहीको मृत्यु | Khabarhub Khabarhub

गोही संरक्षणमा चुनौती, राप्ति र नारायणीमा छाडिएका तीन गोहीको मृत्यु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  राप्ती र नारायणी नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अङ्ग पठाइएको छ । खड्काले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’

ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् । यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो ।

संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो ।

यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।

राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ ।

मुखमा बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।

ती दुई नदीमा भाले गोही नभए पछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उनले जानकारी दिए ।

यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ । निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर बाह्र वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो ।

तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो । अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए ।

निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीन समेत भेटिएको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४ सय ६५ वटा गोही छाडिसकिएको छ ।

ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २१ बजे

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत

यस्तो छ मोहन बस्नेतलाई धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौं – विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको